पोखरामा थप एक जनाकाे कोरोनाले मृत्यु, गण्डकी प्रदेशमा मृतकको संख्या ७ पुग्यो

कास्की।  

पाेखरामा कोरोना संक्रमणका कारण मंगलबार बिहान थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएका उनकाे अवस्था चिन्ताजनक भएपछि सोमबार उनलाई कोभिड–१९ उपचार केन्द्रको आइसियूमा भर्ना गरिएको थियो। उपचारकाे क्रममा स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रशासनले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६५ जना पुगेका छन्। जसमा ९ जना मंगलबार थपिएका हुन्सं क्रमितमध्ये १ हजार ५ सय ५० जना निको भएर घर गएका छन्।

अन्य सम्बन्धित समाचार:  इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

अहिले आइसोलेसनमा २ सय ८ जना संक्रमित छन्। यस्तै, गण्डकीका क्वारेन्टिनमा १ हजार १ सय ५० जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।