धुलिखेलमा मृत्यु भएका बृद्धको परिवारका अन्य ९ सदस्यमा कोरोना पुष्टि

काभ्रे। धुलिखेल अस्पतालमा मंगलबार मृत्यु भएका बृद्धका परिवारका अन्य ९ जना सदस्यमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको उपचारको क्रममा मृत्यु भएसंगै उनका परिवारका अन्य सदस्यमा गरिएको परीक्षणले कोरोना संक्रमण देखाएका हो।

काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा भर्ना गरेर उपचार हुँदै आएको थियो। अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

मृतकको घरमा काम गर्ने एक जना बाहेक अरुको रिपोर्ट पोजेटिभ आएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे