कालोबजारी बढेसँगै प्रशासनद्वारा बजार अनुगमन

अप्रिल अधिकारी, रामेछाप। 

कोभिड –१९ को जोखिम न्यूनीकरणका लागि बजार बन्द गरेसँगै कालोबजारी बढ्न नदिन रामेछापमा अनुगमन थालिएको छ। यसैअन्तर्गत जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार सदरमुकाम मन्थलीका विभिन्न पसलहरूमा अनुगमन गरेको हो।
पसलहरूमा मानिसहरूको भिडभाड बाक्लो भए सँगै निश्चित समयमा पसल व्यवसाय सञ्चालन गर्न दिएपछि सो मौका छोपेर सर्वसाधारणहरूलाई ठग्ने र कालोबजारी हुन सक्ने भन्दै अनुगमन गरिएको जिल्ला प्रशासन कायाय रामेछापका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिए। अनुगमनका क्रममा विभिन्न पसलहरूबाट मिति गुज्री सकेका खाद्य बस्तु, पेय पदार्थ बरामद गरेको छ। 

अन्य सम्बन्धित समाचार:  ज्योति लाइफको आइपीओमा पहिलाे दिन २ लाख ८८ हजार बढिको आवेदन