महिलाको पेटबाट ४ फिटको सर्प निकालिएको यो भिडियो

Prabhu Bank

एजेन्सी। रुसमा डाक्टरहरुले एउटी महिलाको मुखबाट ४ फिट लामो सर्प निकालेका छन्। न्यूयोर्क पोस्टमा राखिएको भिडियोमा डाक्टरहरुले महिलाको मुखबाट सर्प निकालेको प्रस्ट देखिन्छ। एक रिपोर्टका अनुसार ती महिला घरबाहिर सुतेका बेला उक्त सर्फ महिलाको मुखबाट पेटमा गएको थियो।

Saftey Pads

भिडियोमा एक पुरुष डाक्टरले ‘हेराैं त के रहेछ’ भनेको सुनिन्छ भने त्यसलाई झिकिरहेकी महिला डाक्टर सर्पको लम्बाई देखेर तर्सिन्छिन्। त्यो सर्प डाक्टरहरुले निकाल्दा ज्यूँदाे वा मरेको कस्ताे थियो र ती महिलालाई सर्प मुखबाट भित्र छिरेको कति समयमा अस्पताल पुर्याइएको हो भन्ने स्पष्ट छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनले रिपब्लिक अफ डागेस्तानको स्वास्थ्य मन्त्रालयको हवाला दिँदै भिडियो प्रमाणिकता जाँच गरिरहेको जनाएकाे छ। लेभाशिंकी जिल्ला अस्पतालका प्रमुख डाक्टर प्याटिमट अब्दुराशिदोभाले आफूलाई उक्त अस्पतालमा यस्तो प्रक्रिया भइरहेको थाहा नभएको बताइन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

स्थानीयका अनुसार यस्ता घटना विरलै हुने गर्दछन् किनकि यहाँका बुढापाकाले मुखबाट सर्प छिर्न सक्ने भएकाले बाहिर नसुत्न सल्लाह दिँदै आएका छन्। तर यो सल्लाहको बेवास्ता गर्दै घर बाहिर सुतेकाले ती महिलाको मुखबाट सर्प छिरेको उनीहरुको बुझाइ छ।

भिडियाे: 

Maruti Cement