बाग्लुङ पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या १४ पुग्याे, ४२ जना अझै बेपत्ता

सुवास आचार्य, बागलुङ। ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४२ जना अझै बेपत्ता छन्। गएराति आएको बाढीले ढोरपाटन वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको छ।

मृतकमध्ये ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र वर्ष ४५ का करबहादुर विकको सनाखत भएको छ। शव क्षतविक्षत अवस्थामा रहेकोले सनाखतमा समस्या भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्ष राजेन्द्र रेग्मीले बताए।
बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलवि्दयुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु पनि बगाएको छ।

बेपत्ता भएकाहरुकाेको नेपाली सेना ,नेपाल प्रहरी र स्थानियले खोजी गरिरहेका छन्। बाढीमा परेर ढोरपाटन नगरपालिका ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन घाइते भएका छन्।

पहिरोको स्थलगत अवलोकनको लागी बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रहरी उपरिक्ष शारदा प्रसाद चौधरी लगाएतको टोलि घटना स्थल पुगेको छ । वाढी प्रभावित क्षेत्र बागलुङ सदरमुकाम वाट १ सय ३० कीलोमिटर पश्चिममा पर्दछ।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली

बेपत्ताहरु यसप्रकार छन्:

१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक।
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ की टेकमाया बिक।
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका।
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ की मनिषा बिक।
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ की शनि बिक।
७) निजको छोरा वर्ष ९।१० को रोशन बिक।
८) निजको छोरा वर्ष ४।५ को रवि बिक।
९) नाम नखुलेको १५ दिनको वच्चा १।
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ की मन कुमारी बि.क.।
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ की केशमाया बिक ( शव फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० की कुमारी बिक।
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक।
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ की पुनम बिक।
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती।
१७) ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ की करमती बुढा।
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ की रिना कुमारी घर्ती।
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ की दिलमया पुन।
२१) निजको छोरी वर्ष ३।४ की प्रकृति पुन।
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ की डोटी पुन।
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक।
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ की उजेली बिक।
२५) ऐ.ऐ. बस्ने छोरा वर्ष ८।९ को दलु बिक।
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको।
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक।
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ की हस्तमाया बिक।
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने वर्ष ६०।६५ की तुलमती घर्ती।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ की कौशिला पुन।
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन।
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ की धनमाया बिक।
३३) निजको छोरा वर्ष २।३ को नाम नखुलेको बालक।
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार।
३५) गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी।
३६) ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना।