आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

डडेल्धुरा। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाइ पक्राउ गरेको छ। कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरीएको प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए।

५८ बर्षिया बृद्ध आमाले छोरा बिरुद्ध जबरजस्ती करणीको उजुरी दायर गरेपछि  ३० वर्षीय छोरालाई पक्राउ गरेको उनले जानकारी दिए। बुधबार पक्राउ गरिएका उनलाई बिहीबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

भारतमा रहेका उनी पछिल्लो समय कोरोनाकारणले आफनो गाउँ फर्किएका थिए। छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा उजुरी दायर गरेकी हुन।

अन्य सम्बन्धित समाचार:  सम्झना बोहरा हत्याकाण्डः देवर–भाउजु मिलेर बुहारीको हत्या