रुपन्देहीमा कोरोनाबाट थप २ को मृत्यु

बुटवल। रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार थप दुई जनाको मृत्यु भएको छ।

कोरोनाबाट बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया महिलाको शुक्रवार बिहान ज्यान गएको हो। भदौ ४ गते भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको हो।

उनी उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनियाबाट पीडित थिइन्।

यस्तै सिद्धार्थनगर नगरपालिका ८ का ४५ वर्षीय पुरुषको भने शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको हो। भरतपुर अस्पतालमा उपचार गराएर फर्केका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिर्गौला रोगबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

योसँगै रुपन्देहीमा कोरोनाबाट १४ जनाको ज्यान गएको छ।