कर्मचारीमा कोरोना देखिएपछि भौतिक पूर्वाधार मन्त्री नेम्बाङ होम क्वारेन्टिनमा

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ होम क्वारेन्टिनमा बसेका छन्।

ती कर्मचारीमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन्। मन्त्री नेम्बाङ आजको मन्त्रिपरिषद बैठकमा गएका छैनन्।

मन्त्री नेम्बाङ र ती कर्मचारीको आइतबार भेट भएको थियो। कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरूको शुक्रबार स्वाब संकलन गरिएको मन्त्रालयका एक कर्मचारीले बताए।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए