प्रधानमन्त्रीले भने मन्त्रिपरिषद पुर्नगठन हुँदैन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन नहुने संकेत गरेका छन्। शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको बताएका हुन्।

उनले मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन समेत दिएको एक मन्त्रीले नेपाली पत्रिकालाई बताए। प्रधानमन्त्री ओलीले हल्लाको पछि नलागि काम गर्न निर्देशन दिएका हुन्।

साथै उनले यस विषयमा कहिँ पनि छलफल नभएको बताएका छन्।

यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय पनि नभएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली