अमृत ओझा, क्वालालम्पुर।
मलेसिया सरकारले कोरोना भाइरस (कोभिड –१९) लाई कम गर्न आउँदो सोमबार अर्थात् सेप्टेम्बर ७ तारिखदेखि १ लाख ५० हजार भन्दा बढी कोरोना संक्रमित भएको देशको नागरिकहरूलाई मलेसिया प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ जुन जुन देशमा सुरुदेखि अहिलेसम्म १ लाख ५० हजार कोरोनाको सङ्क्रमणको केस देखिएको र उच्च जोखिममा रहेको छ, ति देशहरुको नागरिकलाई प्रवेश निषेध गर्न तयारी गरेको सरकारको वरिष्ठ रक्षामन्त्री दातुक श्री इस्माइल साब्री याकोबले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले तयार गरेको विवरण अनुसार प्रवेश प्रतिबन्धको सूचीमा संयुक्त राज्य अमेरिका, ब्राजिल, फ्रान्स, युनाइटेड किंगडम, स्पेन, इटाली सउदी अरेबिया, रसिया र बङ्गलादेशका साथै भारत, इन्डोनेसिया र फिलिपिन्स जस्ता तीन देशको नागरिकहरूलाई पनि प्रतिबन्ध लगाइएको र कार्यान्वयन भने ७ तारिखदेखि लागू हुने बताए।
तथापि, आपतकालीन अवस्था वा द्विपक्षीय सम्बन्धहरू सम्बन्धी, जस्तै कुनै व्यक्ति देशहरू बीचको बैठकको लागि आउनु पर्छ भने प्रवेश गर्न अनुमति तर यसका लागि अध्यागमन विभागबाट अनुमति लिनु पर्ने मलेसियन सरकारका वरिष्ठ रक्षामन्त्री दातुक श्री इस्माइल साब्री याकोबले बताए।