युवराज खतिवडाले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौँ। राष्ट्रिय सभा सदस्य पद गुमेसँगै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन्। त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए।

वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको उनले प्रतिक्रिया दिएका छन्। वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  ओली उपस्थित नहुने भएपछि झापाको आमसभा स्थगित