पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ। काठमाडौँ उपत्यकामा थप ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित प्रहरीमध्ये १८ जना बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी रहेको स्रोतले बतायो।

प्रहरी स्रोतका अनुसार ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि