अर्थ मन्त्री खतिवडाको राजीनामा स्वीकृत

काठमाडौँ। अर्थ र संचार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका हुन्।

राष्ट्रपति भण्डारीले यसअघि खतिवडाले समाल्दै आएको दुवै मन्त्रालयको कार्यभार प्रधामन्त्री ओलीले नै समाल्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै