प्रेस ज्याकेट लगाएर ढुंगा हन्ने युवक प्रहरीको फन्दामा

ललितपुर। प्रहरीले प्रेस ज्याकेट दुरुपयोगको आरोपमा ललितपुरका एक युवकलाई पक्राउ गरेको छ।

प्रेस ज्याकेट लगाएर बिहीबार पुल्चोकमा प्रहरीलाई ढुंगा हानेको आरोपमा महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जनलाई शुक्रबार पक्राउ गरिएको हो।

रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो । सो क्रममा महर्जनले प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढंगाले हानेका थिए।

उनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार महर्जनलाई ललितपुर प्रहरी परिसर जावलाखेलमा बुझाइएको छ।

पक्राउ परेका महर्जनले आफु युटयुव च्यानल सञ्चालक भएको प्रहरी समक्ष बयान दिएका छन्।

पुल्चोकमा भएको झडपपछि पक्राउ परेका अन्य ९ जनालाई समेत महर्जनसँगै जावलाखेलमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश