ललितपुरमा रथ रहेको क्षेत्र आसपासमा हिँडडुल गर्न नपाइने

ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरेको छ।

प्रशासनको सहमतिविना निषेधाज्ञाको समयमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न खोज्दा बिहीबार स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन शुक्रबार चक्रपथभित्र कफ्र्यू लगाइएको थियो। जिल्ला प्रशासन कार्यालय ललितपुरले शनिबारदेखि लागू हुने गरी निश्चित क्षेत्रमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म लागू हुने गरी ५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ।

प्रशासनले जारी गरेको सूचना अनुसार रथ रहेको क्षेत्र आसपासमा हिँडडुलमा समेत रोक लगाइएको छ।

पूर्वमा मदन स्मृति स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बल्खुडोलमा भेला हुन निषेध गरिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप

यसैगरी मिननाथको रथ रहेको क्षेत्र आसपास पनि ५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ।