वि.सं. २०७७ भाद्र २० गते शनिवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

मेषः  दिन खर्चप्रद देखिएको छ। चक्रव्यूह रच्नेहरू सक्रिय देखिने छन्। षड्यन्त्रमा परिनसक्छ ख्याल गर्नुहोला। कामकार्यमा पनि अल्झन आउने छ। यस्ता प्रतिकूलताको बाबजुत आकस्मिक लाभ पनि हुनेछ।

वृषः  विशेष काममा भने अबरोध आउने छ। रपनि व्यवसाय, पेशा एवं उद्योगधन्दा आदिबाट आंशिक लाभप्राप्त गर्न सकिने छ। हनुमान एवं माँ बगलामुखी भक्ति गर्नाले ग्रहबाधा कम हुनेछ।

मिथुनः   ईज्जत, मानप्रतिष्ठा बढ्ने छ । संलग्न क्षेत्रमा पदप्रतिष्ठा एवं जिम्मेवारी थपिने छ। जागिरमा पदोन्नति तथा अनुकूलता बढ्ने छ। महत्त्वाकांक्षा बढ्ने पनि संभावना छ । व्यवसायिक लाभ हुनेछ।

कर्कटः  दिन भाग्यप्रद रहेको छ। जागिर तथा कर्मक्षेत्रमा अनुकूलता बढेर जाने छ। व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ। कृषि आदि पक्षमा पनि गोचरप्रभाव सकारात्मक देखिएको छ। धर्मकर्म बढ्ने छ।

सिंहः  दिन त्यति अनुकूल देखिएको छैन। स्वास्थ्यमा मन्दिको साथमा कामकार्यमा पनि अल्झन आउने देखिने छ। संयमपूर्वक जनव्यवहार एवं आहारविहार गर्नु उचित हुनेछ। गणेश भक्ति गर्नु शुभकर हुनेछ।

कन्याः  कामकार्य तथा उद्यमको लागि नयाँ योजना र विचार हुनेछ। जोशजाँगर पनि बढेर आउने छ। अक्रोशको बाबजुत दाम्पत्य तथा प्रेमसम्बन्धमा सफलता मिल्ने छ। घुमफिर हुनेछ।

तुलाः  दिन अनुकूल देखिन्छ। कार्यक्षेत्रमा सफलता मिल्ने छ। स्वास्थ्यमा सुधार आउने छ। परकोपकार जन्य भूमिका निभाउन पाइने छ। पौरख गर्न सकिने छ। विजय एवं आर्थिक लाभ हुनेछ।

वृश्चिकः  अध्ययनमा प्रगति हुनेछ। व्यवसाय एवं कर्मक्षेत्रबाट लाभ हुनुको साथै पेशागत प्रसिद्धि प्राप्त मिल्ने छ। प्रचारप्रसार बढ्ने छ। सन्तानको स्वास्थ्यमा सुधार आउने छ। सैद्धान्तिक दृढता बढ्ने छ।

धनुः  चनाखो हुने र बुद्धिले कामलिने गर्नुपर्ने समय छ। असमझदारी वा द्वन्द तथा अपयश नपर्ला भन्नसकिन्न। रपनि कास्मिक लाभ एवं उपलब्धि हुनाले दङ्ग पनि परिने छ। संयमित हुन जरुरी पर्नेछ।

मकरः  शारीरिक स्फुर्ति एवं उमङ्ग बढ्ने छ। केही पराक्रम तथा पौरख गर्नसकिने छ। काममा निकै रुचि बढ्नेछ। थातिरहेका कार्यलाई फत्ते गर्नसकिने छ। भातृसंबन्धमा सुधार आउने छ।

कुम्भः  दिन सामान्य देखिन्छ। बोलीव्यवहारमा संयमता अप्नाउनु बुद्धिमानी हुनेछ। सामाजिक एवं परोपकारजन्य कार्यमा संलग्नता जनाउन पाइने छ। व्यवसायिक उन्नति भइ आर्थिक लाभ हुनेछ।

मीनः  दिन केही आक्रोशपूर्ण रहे पनि उपलब्धि एवं स्फुर्तिकर देखिन्छ। अपेक्षा तथा भरोसा बमोजिम प्राप्ति नभए पनि व्यवसायिक उन्नति प्रगति हुनेछ। मिष्ठान्न भोजन र सम्मान पनि मिल्नेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।