बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

बुटवल। रुपन्देहीको बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमित महिला र पुरुषको ज्यान गएको हो। कोरोनाबाट मृत्यु भएका बुटवल ११ का ४० वर्षीय पुरुषलाई भदौ १५ गते ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको शुक्रबार राति मृत्यु भएको अस्पतालका डा सुदर्शन थापाले जानकारी दिए। पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोरोना विशेष अस्पतालमा राखी उपचार गरिँदै थियो।

यस्तै नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया महिलाको मृशनिबार बिहान मृत्यु भएको हो। उनी भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन्। ती महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको पीसीआर रिपोर्ट पाजिटिभ आएको थियो। उनको शुक्रबार रातिदेखि भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो।

अन्य सम्बन्धित समाचार:  एक वर्षपछि खुले विद्यालय