अष्ट्रेलियामाथि इङ्ल्याण्डको २ रनको जित

एजेन्सी। पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित हासिल गरेको छ।

पहिलो खेलमा जितसँगै तीन खेलको सिरिजमा इङ्ल्याण्ड १–० ले अघि बढेको छ।

एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। ओपनर डेबिड वार्नरले ५८ र आरोन फिन्चले ४६ रन बनाए।

यस्तै स्टेभन स्मिथले १८ तथा मार्कुस स्टोनिसले अविजित २३ रन बनाए।

बलिङतर्फ इङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रासिदले दुई दुई तथा मार्क हुडले १ विकेट लिए।

यसअघि प्रारम्भमा ब्याटिङ गरेको इङ्ल्याण्डले ७ विकेट गुमाएर १६२ रन बनाएको थियो। उसका लागि डविड मेलनले ६६ रन तथा जोस बटलरले ४४ रनको योगदान दिए। यस्तै क्रिस जोर्डनले अविजित १४ रन बनाए।

अन्य सम्बन्धित समाचार:  सन्दीपले पीएसएल खेल्ने

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, केन रिचर्डसन र एस्टन अगरले दुई दुई तथा माट कुमिन्सले १ विकेट लिए। दोस्रो खेल आईतबार हुनेछ ।