एजेन्सी। भारत र चीनका रक्षा मन्त्रीबीच रुसको मस्कोमा शुक्रबार वार्ता भएको छ।
दुवै देशबीच सीमामा तनाव जारी रहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको हो।
सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा भाग लिन मस्को पुगेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फेङघेबीच वार्ता भएको हो।
दुवैबीच करिब अढाइ घण्टा वार्ता भएको बताइएको छ। भारत र चीनबीच चार महिनादेखि सीमाको विषयमा तनाव जारी छ।
दुई देशका रक्षामन्त्रीबीचको वार्ता चार महिना यता पहिलो पटक हो।