काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की कोरोना भाइरसबाट संक्रमित भएका छन्।
सचिव कार्कीको सोमबार स्वाब संकलन गरिएको थियो। उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।
सचिवलाई कोरोना संक्रमण भएपछि मन्त्री बसन्त नेम्वाङ आइसोलेसनमा बसेका छन्।
नेम्वाङ शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत गएनन्।