काठमाडौं। विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र होरी समावेश गरिएको छ।
कोरोनाका कारणले यस वर्ष टोरिनो फिल्म ल्याबले यस वर्ष अनलाइन ल्याब सञ्चालन गर्न लागेको हो।
होरी चलचित्रको निर्देशन पत्रकार अरुणदेव जोशीले गर्दैछन्। पटकथा पनि उनकै हो। होरी तत्कालिन माओवादी द्वन्द्वको बेला भएका गतिविधिमा आधारित भएर निर्माण गरिँदै छ।
दार्चुलामा छायांकन गरिने होरी डोटेली भाषामा निर्माण गर्न लागेको निर्देशक जोशीले बताए। सो चलचित्रका निर्माता सरोज शर्मा रहेका छन्।
होरी शब्द पनि डोटेली भाषाबाटै लिइएको हो। होली पर्वलाई डोटेली भाषामा होरी भनिन्छ।
उक्त चलचित्र यसअघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब लिमु मा छनोट भइसकेको छ। सेप्टेम्बर १४ तारिखदेखि सञ्चालन हुने उक्त ल्याबमा विश्वभरिबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्।
दक्षिण एशियाबाट भने नेपालबाट होरी र भारतबाट एउटा चलचित्र छानिएको बताइएको छ।