गजल

  • सोम्नु राई

मुस्कुराउँदै रोएका आँखाहरु सम्झिन्छु
मुटु छ र? भन्दै सोध्ने डाँकाहरु सम्झिन्छु

शब्दबिहीन म साँच्चै कति रित्तो रहेछु
हिड्दा हिड्दै हराएका पाखाहरु सम्झिन्छु

खुशी किन्न परदेश गका उनी फर्किएनन्
बैँस त्यसै ओईलिएका काखहरु सम्झिन्छु

अनायासै हाँसोहरु खोसिएको देखेँ जब
आफ्नै मुटु सिलाएका टाँकाहरु सम्झिन्छु

खुशी बिक्ने यो शहरमा दु:ख के बिक्थ्यो र?
फर्की आऊ साईँला भन्ने भाकाहरु सम्झिन्छु।

-सामाखुशी काठमाण्डौ