धरानमा थप एक संक्रमितको मृत्यु

धरान। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका ११ की ४३ वर्षीया महिलाको शुक्रबार राति कोरोनाबाट ज्यान गएको अस्पतालले जनाएको छ।

उनको पीसीआर परीक्षण गरिँदा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो। विराटनगरमा उपचाररत ती महिलालाई शुक्रबार धरान ल्याइएको थियो। उनलाई श्वासप्रश्वास तथा उच्च रक्तचापको समस्या थियो।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि