सिरहामा पेस्तोलसहित ३ पक्राउ

सिरहा। सिरहामा प्रहरीले शुक्रबार राति पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

मिर्चैया नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको हो। को ३५ प ४०१३ नं को मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ का १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ का १९ वर्षकै ज्ञानुकुमार मण्डल पक्राउ परेका हुन्।

प्रहरीले लगत्तै मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले बताए।

उनीहरुको साथमा रहेको पेस्तोल समेत बरामद गरिएको छ। उनीहरुबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय