एजेन्सी। अमेरिकाको वासिङ्टन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणबाट ४ लाख व्यक्तिले ज्यान गुमाउन सक्ने जनाएको छ।
विश्वविद्यालयको स्वास्थ्य विभागले आगामी जनवरीसम्ममा अमेरिकामा ४ लाख कोरोना संक्रमितको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको हो।
उक्त संख्या हालको भन्दा दोब्बर बढी हो। अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख ९२ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।
आगामी डिसेम्बरसम्ममा अमेरिकामा कोरोनाबाट दैनिक ३ हजार व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ। अहिले दैनिक करिब ८ सयभन्दा बढीको मृत्यु हुने गरेको छ।
अमेरिकी नागरिकले मास्क लगाउने कुरालाई गम्भिरतापूवर्क लिए मृतकको संख्या ३० प्रतिशतसम्म घटाउन सकिने विश्वविद्यालयको स्वास्थ्य विभागले जनाएको छ।
अमेरिकामा मास्क नलगाउनको संख्या अत्यधिक रहेको छ। धेरैजसोले मास्क लगाउने कुराको विरोध गर्दै आएको बताइन्छ।