काँग्रेसमा मनोनयन विवाद : पौडेल पक्ष देउवाविरुद्ध अनशन बस्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गर्दै विभागहरुमा भटाभट मनोनयन गरिरहेको भन्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाविरुद्ध अनशन बस्ने चेतावनी दिएको छ।

यही विषयमा छलफल गर्न पौडेलले शनिबार आफू निकटका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ। जुम बैठकबाट उनीहरुले सभापति देउवालाई दबाब दिने रणनीति बनाएका छन्।

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफुहरुले दबाबमुलक कार्यक्रम अघि बढाउने योजना बनाएको बताए। सभापति देउवाले पार्टीको विधिको लवगातार उल्लंघन गर्दै गएको घिमिरेको आरोप छ।

सुरुआतमा सभापति देउवालाई निर्णय सच्याउन अल्टिमेटम दिने उनले बताए। देउवाले गल्ती नसच्याए पौडेल पक्ष अनशन बस्ने मनस्थितिमा छ।

देउवाले हालसम्म २० विभागमा झण्डै ९ सय नेता, कार्यकर्तालाई मनोनयन गरेका छन्। मनोनयन एकलौटी गरिएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेस संसदीय दलको बैठक सुरु