डिउटीमै बेहोस भएका प्रहरीको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको बंकमा डिउटी गर्ने क्रममा शुक्रबार राति बेहोस भइ ढलेका  एक प्रहरी जवानको शनिबार मृत्यु भएको छ।

डिउटी गर्दागर्दै एक्कासी ढलेर बेहोस भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो। उनी दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत थिए।

डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका ऐरलाई शुक्रबार राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

अन्य सम्बन्धित समाचार:  विद्यार्थीमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिएपछि विद्यालय बन्द