प्रदेश २: शुक्रबार १ सय ६९ जना कोरोना संक्रमित थपिए

बटुकनाथ झा, धनुषा। शुक्रबार धनुषामा ३४ जना सहित प्रदेश २ मा १ सय ६९ कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ६९ जनाकाे रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रयाद यादवले जानकारी दिए।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ। सबैभन्दा बढी महोत्तरीमा ४३ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै सप्तरीमा ३५, धनुषामा ३४, पर्सामा २६, बारामा १९, सिरहामा १०, सर्लाही र रौतहटमा १(१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएका संक्रमितमा ३७ जना महिला र १ सय ३२ जना पुरुष रहेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९ जना, भंगहा नगरपालिकामा २४, सम्सी गाउँपालिकामा १, पिगौनामा १, पिपरामा १, लोहारपट्टी नगरपालिकामा ५, महोत्तरी गाउँपालिका र औरहीमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीको भिमदलमा ८, महादेवा गाउँपालिकामा २, तिरहुत गाउँपालिकामा ३, अग्निसाइर कृष्णसावरन गाउँपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा २, कारागारमा ६ जना र राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए

धनुषाको जनकपुरधाममा १, शहिदनगर नगरपालिकामा १, प्रादेशिक अस्पतालमा रहेका जनकपुरधामका ३, बैलबासका १ जना, जनकपुरधाम घर भएर नगराईन नगरपालिकामा रहेका १, स्वास्थ्य कार्यालयका १, धनुषाधाम नगरपालिकाका १, गणेशमान चारनाथ नगरपालिकाका १, क्षीरेश्वरनाथ नगरपालिकामा १, नगराईन नगरपालिकामा २२ र विशाखापटनम घर भई हाल महेन्द्रनगरमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगंजमा ५, आदर्शनगरमा २, पानीटंकीमा १, भिस्वामा १, पिपरामा २, मनियारीमा २, घडिअर्वामा १, कालिकामाई गाउँपालिकामा ३, सखुवा प्रसौनी गाउँपालिकामा ३, पटेर्वा सुगौली गाउँपालिकाका १, नाबिल बैँकका कार्यरत्त ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४, नीजगढ नगरपालिकामा ५, कामना विकास बैँकमा १, ईलाका प्रहरी कार्यालय नीजगढमा ५, एपिएफ पिलुवा निजगढमा २ र कलैया उपमहानगरपालिकाको बेहारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  वीरगन्जका उद्योगको प्रदूषण मापन गरिँदै

सिरहाको श्री गण चोहर्वा ब्यारेकमा ७ र ठाउँ नखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ। त्यस्तै १६ महिला सहित ४ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। यससँगै निको हुनेको संख्या ५ हजार ३ सय ३ पुगेको छ।

कोरोना संक्रमणबाट शुक्रबार यस प्रदेशमा २ जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनम घर भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयामा बस्दै आएका ६२ वर्षीय पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हाे। यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ।

हालसम्म सबैभन्दा बढी पर्साका ३६, बाराका १५, धनुषाका १२, महोत्तरीका १०, सप्तरी र सिरहाका ८-८, रौतहटका ५, सर्लाहीका ३ जना र एक भारतीय नागरिकको मृत्यु भएको छ।