हिमाल आरोहणमा मेक्सिकोकी महिलाकाे विश्व कीर्तिमान

एजेन्सी।  मेक्सिकाेकी पर्वतारोही भिरिदिअना अल्वारेज़ चाभेजले १ वर्ष र ३६४ दिनमा विश्वका तीन अग्ला हिमशिखरहरुमा आफ्नो पाइला राख्दै विश्व कीर्तिमान रच्न सफल भएकी छिन्।

भिरिदिअनाको पर्वतारोहण विश्वको सबैभन्दा ठूलो हिमशिखर सगरमाथा (८,८४८ मिटर) बाट सुरु भएको थियो, २०१७ मे १६ मा उनले आफ्नो यात्रा सुरु गरेकी थिइन्। त्यसलगत्तै उनले २०१८ जुलाई २१ मा के२ (८,६११ मिटर) हिमाल चढेकी थिइन् र अन्त्यमा कञ्चनजङ्घा (८८५६ मिटर) २०१९ मे १५ मा आरोहण गर्दै विश्व कीर्तिमान रच्न सफल भएकी हुन्।

उनी के२ हिमालको आरोहण गर्ने पहिलो ल्याटिन अमेरिकी पनि बनेकी छिन्। के२ संसारको दोस्रो आग्लो हिमशृंखला हो र यो हिमाल संसारको खतरनाक हिमालको नामले पनि परिचित छ।

अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या

यो विश्व कीर्तिमान पहिला दक्षिण कोरियाली महिला गोमिसुनको नाममा थियो। उनले २ वर्ष २ दिन लगाएर तीन उच्च पर्वत आरोहण गरेकी थिइन्।
भिरिदिअनाको लक्ष्य विश्वको १४ आग्लो हिमशिखर चढ्ने रहेकोमा ५ ओटा चढिसकेको र अब ९ ओटा मात्र रहेको उनी बताउँछिन। पाद्ब वटा शिखर चढ्ने पनि उनी पहिलो ल्याटिन अमेरिकी बनेकी छिन्।