डडेल्धुरा प्रयोगशालामा बझाङका १६ जनामा कोरोना पुष्टि

भावना पाैडेल, डडेलधुरा। सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि भएको छ। शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १ सय १० जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।

उनका अनुसार कोरोना पुष्टि हुनेमा सबै जना बझाङका रहेका र तीमध्ये थलारा गाउँपालिकाका ४, केदारस्यूँ गाउँपालिकाका १० र छबिसपाथिभेरा गाउँपालिकाका २ जना रहेका छन्।

अरिङ्गालले टोक्दा बालिकाको मृत्यु

डडेल्धुराकाे जिल्लाको आलिताल गाउँपालिका–३ मा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ। अरिङ्गालले टाेकेर ज्यान गुमाउनेमा स्थानीय ज्ञानेन्द्र धामीकी साढे ३ वर्षकी छोरी नविना धामी रहेकी उनका आफन्त रघुवीर धामीले बताए।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

उनले अरिङ्गालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहान बाटोमै मृत्यु भएको बताए।