६ वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्या दाेब्बरभन्दा बढी

इन्दु धामी, कञ्चनपुर। आजभन्दा ६ वर्षअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा स्थानान्तरण गरि ल्याइएका कृष्णसार अर्थात् (ब्ल्याकबक)को संख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ। सुरुमा स्थानान्तरण गर्दा ४२ कृष्णसार ल्याइएका थिए भने ६ वर्षको अवधिमा संख्यामा वृद्धि भएर ११३ पुगेको छ।

लोपोन्मुख अवस्थामा पुगेका कृष्णसारको संरक्षण गर्न आरक्ष कार्यलयले नेपालगन्ज नगरपालिकाको स्वामित्वमा रहेको चिडियाखाना र ललितपुरको जावलाखेल चिडियाखानाबाट कृष्णसार स्थानान्तरण गरेर ल्याएको थियो।

शुक्लाफाँटामा २०६९ साल असोज २ गते नेपालगन्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दिया खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ स्थानान्तरण गरिएका हुन्। स्थानान्तरणपछि संरक्षण क्षेत्रमा ल्याइएका दुई बच्चाको मृत्यु भएको निकुञ्जले बताएको छ। निकुञ्जले कृष्णसारको स्थानान्तरणको सुरुको वर्षमा ६० र २०७४–०७५ मा ७० ओटा पुर्‍याएको थियो।

यस्तै २०७५–७६ सालमा याे संख्या बढेर ८९ ओटा पुगेको थियो । यसैगरी २०७६–७७ को हाल सम्म बढेर कृष्णसारको सङ्ख्या १ सय १३ ओटा पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए। नेपालका लागि दुर्लभ मानिएको कृष्णसार अहिले बर्दिया जिल्ला र कञ्चनपुरमा मात्रै रहेको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पश्चिमी वायूको आंशिक प्रभाव:यी क्षेत्रमा बर्षाको सम्भावना

कञ्चनपुरको हिरापुरमा सुरुको वर्षमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको छ। यस्तै कृष्णसारको सङ्ख्यामा बढोत्तरी हुँदै गयो भने अरु ठाउँमा पनि स्थानान्तरण गर्ने योजना निकुञ्जको छ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो। कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि कञ्चनपुरको हिरापुरमा सुरुको वर्षमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको छ ।

५७ हेक्टर क्षेत्रफलमा ग्याबेन बक्स र त्यसको पछाडि विद्युतीय तारबार ९फेन्स वायर० जडान गरिएको छ। चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका हिरापुर फाटाका कृष्णसार संरक्षण कर्मी देवराज जोशीले बताए।

अन्य सम्बन्धित समाचार:  यात्रु बोकेको ट्याम्पुमा एक्कासी आगलागी

उनका अनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्दछन्। कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृत्रिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीसिकारले गर्दा केही समययता लोप हुने अवस्थामा पुगेको थियाे।

   

नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै तीन सयको संख्यामा बर्दियाको खैरापुरमा रहेको बताइएको छ। एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाडाैंकाे मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छन्।