उपत्यकामा ४ सय ८ सहित देशभर १ हजार ४१ काेराेना संक्रमित थपिए

संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४५ हजार २ सय ७७ पुगेको छ।

थपिएका १ हजार ४१ मध्ये काठमाडौं उपत्यकाका मात्र ४०८ जना रहेका छन्। तीमध्ये काठमाडौंका ३२६, ललितपुरका ४५ र भक्तपुरका ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ।

यसैगरी गएको २४ घण्टामा १ हजार ५ सय ६६ सङ्क्रमित कोरोना जितेर घर फर्किएसँगै कोरोना निको हुनेको सङ्ख्या २७ हजार १ सय २७० पुगेको छ। अब नेपालमा १७ हजार ८ सय ७० जना सक्रिय सङ्क्रमित रहेका  छन्।

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ८० पुगेको छ।