दाङमा आज ३७ जनामा कोरोना संक्रमण पुष्टि

गाेपाल शर्मा, दाङ। दाङमा शनिबार एकै दिन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार ४०४ जनाको कोरोना परीक्षण गर्दा जिल्लामा ३७ जनामा कोरोना देखिएको हो।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १४३ जनाको नमुना स्वाव परीक्षण गर्दा १९ जनामा तथा घोराही र नारायणपुरबाट संकलित १९८ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ।

तुलसीपुरमा संक्रमित हुनेमा ९ जना पुरुष र १० जना महिला रहेका छन्। वडा नम्बर १ , ८ र १७ मा १र१ जना, वडा नम्बर ५ र ६ मा ४-४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना, वडा नम्बर १८ मा २ जना , वडा नम्बर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत