पर्सा। पर्सामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा १ जना ७७ वर्षीय वृद्धको बाटोमै मृत्यु भएको हो भने अर्का ७५ वर्षीय वृद्धको वीरगन्जमै उपचारको क्रममा मृत्यु भएको हो। याेसँगै पर्सामा कोरोना संक्रमित मृतकहरुको संख्या ४१ पुगेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्जको नारायणी वयोधा अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाइएका ७७ वर्षीय संक्रमितकाे बाटोमै मृत्यु भएको हो।
त्यस्तै नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पछिल्लो १५ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमित वृद्धको शुक्रबार राति नै मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ। पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जनाएका छन्।