सीपीएल: जमैका तलावाजको नवौँ खेल आज राति १२ बजे

एजेन्सी। सेमी फाइनलमा प्रवेश पाइसकेको सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाजले आफ्नो नवौँ खेल आज खेल्दैछ। नेपाली समयअनुसार १२ बजे सुरु हुने खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्ट्ससँग खेल्नेछ।

ब्रायन लारा स्टेडियममा हुने उक्त खेल औपचारिक मात्र रहेको छ। जमैका यसअघि नै सेमी फाइनलमा पुगिसकेकाे छ भने बार्बाडोस भने बाहिरिइसकेको छ। जमैकाले यो सिजन ८ खेल खेलेर ३ मा जित हात पारेर ७ अंक बनाउँदै अंक तालिकाको चौथो स्थानमा रहेको छ भने बार्बाडोसले ९ मा मात्र दुई जित निकाल्दै ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

यी दुई टोलीबीच पहिलो खेलमा बार्बाडोस ३६ रनले विजयी भएको थियो।

अन्य सम्बन्धित समाचार:  विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

जमैकाको पछिल्लो खेल सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससँग थियो जुन वर्षाका कारण रद्द हुन पुगेको थियो। यस्तै बारबाडोसको पछिल्लो खेल गुयना अमेजन वारियर्ससँग थियो जसमा बार्बाडोस ६ विकेटले पराजित भएको थियो। यसै खेलपछि जमैका सेमी फाइनलमा पुगेकाे थियाे भने बार्बाडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स लिगबाट बाहिरिएका थिए।

आज नै हुने पहिलो खेलमा दुई साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्दै छन्। ८ खेल खेलेकाे नाइट राइडर्स सबै खेल जितेर १६ अंक सहित पहिलो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उता जुक्स भने ८ मा ५ खेल जित्दै १० अंक बनाएर चौथो रहँदै अर्को चरणमा पुगेको हो। सो खेल नेपाली समय अनुसार ७ः४५ बजे बाट सुरु हुने छ।