अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

सोलुखुम्बु। महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ। महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए।

उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  व्यास नगरपालिकाको मुख्यचोकमा रहेको होटलमा आगलागी