वि.सं. २०७७ भाद्र २१ गते आइतवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आजः  शुद्ध आश्विन कृष्ण चतुर्थी तिथि। अश्विनी नक्षत्र। मेष राशिमा चन्द्रमा। चतुर्थीश्राद्ध। इन्द्रध्वजपातन (नानीचाया) परेको छ।

आज जन्मदिन पर्ने सबै पाठक महानुभावहरुलाई नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  दिन सामान्य अनुकूल रहने छ। पेशा, व्यवसाय, व्यापार आदिमा केहीहद्सम्म उन्नति प्रगति हुन गई केही आर्थिक आर्जन हुनेछ। पदोन्नति, सफलता र मानसम्मान प्राप्त हुनेछ।

वृषः दिन अल्लि व्ययकर देखिएको छ। खर्च बढ्ने छ। कामकार्यमा पनि संघर्षको अनुभूति हुनेछ। स्वास्थ्यमा मन्दि आउने छ भने आलोकचहरु सक्रिय रहने छन्। संयमित हुनुपर्ला।

मिथुनः दिन लाभकर देखिएको छ। पेशा तथा व्यवसायिक उन्नति भई समय परिस्थिति अनुसार गर्जो टर्ने गरी आम्दानी हुनेछ। उद्योगधन्दा फस्टाउने छ। प्रख्याति बढ्ने, समर्थन जुट्ने छ।

कर्कटः दिन मानप्रतिष्ठा बढाउने खालको छ। ईज्जत तथा मानसम्मान मिल्ने छ। समाजसेवा, राजनीति, सांगठानिक कार्य आदिमा भूमिका थपिने छ तथा उच्च तहसँग संपर्क जोडिने छ।

सिंहः दिन सुधारोन्मुख छ। केही दबाबपूर्ण स्थिति तथा अपयशको बाबजुत जीवन व्यवहाका कामकार्यहरुमा सफलता मिल्ने छ। मलिनताको बाबजुत स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने छ।

कन्याः  दिन अल्लि कष्टकर देखिएको छ। स्वास्थ्यमा अल्लि प्रतिकूलता आउनसक्ने छ। दीर्घरोगीलाई अल्लि बढी सास्ती हुनसक्ने छ। संपत्तिको खतिक्षति र कामकार्यमा पनि संघर्षको अनुभव हुनेछ।

तुलाः दिन रमाइलो छ। मनोरञ्जन तथा रङ्गरास एवं विलास बढ्ने छ। व्यापार एवं व्यवसायमा उन्नति भइ आर्थिक लाभ पनि मिल्ने छ। गरेका कार्यहरुमा सफलता हुनेछन्। घुमफिर हुनेछ।

वृश्चिकः  दिन पराक्रमी छ। स्वास्थ्यमा आरोग्यता वृद्धि हुने छ। शारीरिक बल एवं जाँगरले राम्रो साथ दिने छ भने मनमा हिम्मतको वृद्धि हुनेछ। प्रख्याति बढाउने पुरुषार्थ गर्नसकिने छ। अर्थलाभ हुनेछ।

धनुः दिन अल्लि आत्मप्रशंसा तथा महत्त्वकांक्षा बढ्ने खालको देखिएको छ। बोली बाठो हुने मनोविज्ञानले अल्लि बढी सताउने छ। रपनि द्वन्द तथा अपयशको बाबजुत केही उपलब्धि हुनेछ।

मकरः दिन अल्लि सावधानी अप्नाउन पर्ने देखिएको छ। मानसिक संकीर्णता बढ्ने छ। शारीरिक स्वास्थ्यले पनि त्यति साथ दिन नसक्ने छ । पारिवारिक सहमति हुन कठिन पर्नेछ।

कुम्भः पौरखिलो दिन दिन परेको छ। शारीरिक बल, जोश, जाँगर एवं स्फुर्ति र हिम्मत बढ्ने छ। अड्किएर रहेको कामलाई अगाडि बढाउन सकिने छ। शारीरिक प्रतिस्पर्धामा सफलता मिल्ने छ।

मीनः  स्वकार्यभन्दा परकार्यले महत्त्व पाउनाले आफ्नो इष्टकार्य पूरा हुन कठिन पर्नेछ। वाणीदोषको गोचरयोग परेकोले बोलीव्यवहारमा ध्यान दिनुहोला। व्यवसायबाट आंशिक लाभ हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल