युएस ओपन टेनिस : सेरेना विलियम्स प्रि क्वाटरफाइनलमा

एजेन्सी। अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको प्रि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

आइतबार बिहान सम्पन्न खेलमा उनले अमेरिकाकै स्लोन स्टिफन्सलाई ३–० सेटमा पराजित गरेकी हुन्।

तेस्रो बरियताकी ३८ वर्षीया सेरेनाले २६औँ बरियताकी स्लोनलाई २–६, ६–२ र ६–२ अंकले हराउँदै अन्तिम १६ मा स्थान बनाएकी हुन्। उनले यस पटक उपाधि जिते कीर्तिमान बन्ने छ।

उनी २४औँ ग्राण्ड सलाम उपाधिको खोजीमा रहेकी छिन्। सेरेनाले अब प्रि क्वाटरफाइनलमा १५औँ बरियताकी मारिया साकारीको सामना गर्ने छिन्।

अन्य सम्बन्धित समाचार:  लेस्टर घरेलु मैदानमा आर्सनलसँग पराजित