सांसद प्रेम सुवाल कोरोनाबाट संक्रमित

भक्तपुर। सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन्।

उनको भदौ १५ गते पीसीआर परीक्षण गरिएको थियो। शनिबार सुवालको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

सांसद सुवाल  हाल घरमै आइसोलेसनमा बसेका छन्। उनले आफू दुई सातादेखि कुनै पनि कार्यक्रममा सहभागी नभएको बताए।

उनीसित उठबस भएका एक व्यक्ति कोरोनाबाट संक्रमित भएपछि सांसद सुवालले पीसीआर परीक्षण गराएका थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि