वीरगञ्जमा नबिल बैंकका ५ कर्मचारीसहित २७ लाई कोरोना

वीरगञ्ज। पर्साको वीरगञ्जमा नबिल बैंकका ५ कर्मचारीसहित २७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

नबिल बैंक वीरगञ्ज शाखाका पाँच कर्मचारीमा कोरोना देखिएको हो। यसअघि पनि नबिल बैंकका ८ कर्मचारी कोरोनाबाट संक्रमित भएका थिए।

यस्तै वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जनामा संक्रमण भएको पाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप