सुशान्तसिंह मृत्यु प्रकरण : घरेलु कामदार पक्राउ

एजेन्सी। भारतीय अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा प्रहरीले उनका घरेलु कामदारलाई पक्राउ गरेको छ।

भारतीय प्रहरीले सुशान्तका घरेलु कामदार दिपेश सावन्तलाई पक्राउ गरेको हो। दिपेशलाई ड्रग्स किनबेचको आरोपमा पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।

उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको बताइएको छ।

प्रहरीले यसअघि सुशान्तका पूर्व म्यानेजर सैमुअल मिरान्डा तथा प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका सबैसित प्रहरीले बयान लिइरहेको छ। अभिनेता सुशान्त मुम्बस्थित आफ्नो घरमा मृत भेटिएका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश