चितवनमा कोरोनाबाट वृद्धको मृत्यु

चितवन। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

चितवनस्थित मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।

उनको आइसियूमा राखेर उपचार गरिँदै थियो।  ती वृद्धमा श्वासप्रश्वासको समस्या थियो। उनी मिर्गौला रोगबाट समेत पीडित थिए। ती वृद्धको डाइलायसिस गरिँदै आएको थियो।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि