काठमाडौं। रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ।
कोरोना भाइरसबाट जोगिन विश्व श्वास्थ्य संगठनको निर्देशनको पालना गरी एकआपसमा दूरी कायम गरी आइतबार दिउँसो रथ तानिने छ।
ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर टाढा पुर्याइने छ। रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ। उनीहरु आफ्नो बेग्लै पहिरनसहित रथ तान्ने काममा सहभागी हुनेछन्।
स्थानीयवासीलाई भने कोरोनाका कारण जात्रामा सहभागी नहुन ज्यापु समाजले अनुरोध गरेको छ। यसपटक रथलाई पाटन शहर पूरै घुमाइने छैन।
पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि पु¥याएर जात्रा बिसर्जन गरिनेछ। सोमबार भुज्या मनाइने तथा मूर्तिलाई बुङ्गमती लैजान साइत हेरिनेछ।
साइत जुरेमा भदौ २६ गते रातो मत्स्येन्द्रनाथलाई बुङ्गमती लगिनेछ। त्यसपछि रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।