गोरखाकी वृद्धामा मृत्युपछि कोरोना पुष्टि

गोरखा। गोरखाकी एक वृद्धामा मृत्युपछि कोरोना पुष्टि भएको छ।

गोरखा नगरपालिका–७ की ७५ वर्षीया वृद्धाको शनिबार मृत्यु भएको थियो। उनको परिवारका तीन सदस्यमा कोरोना देखिएपछि शनिबार ती वृद्धाको पनि स्वाव संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो।

उनको आइतबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ। शनिबार बेहोस अवस्थामा अस्पताल भर्ना गरिएकी ती वृद्धाको त्यही दिन मृत्यु भएको थियो।

उनी मस्तिष्कघातबाट पीडित थिइन्।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप