बालिकालाई एम्बुलेन्समा राखेर अपहरण गर्ने काकासहित तीन पक्राउ

मोरङ। मोरङमा एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अपहरणमा परेकी बालिकाका काका र दुई एम्बुलेन्स चालक रहेका छन्।

पथरी शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली तथा एम्बुलेन्स चालकद्वय २२ वर्षीय रमण आचार्य र ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका हुन्।

आचार्य पथरी शनिश्चरे ६ का तथा तमाङ सुनवर्षी नगरपालिका ६ का बासिन्दा हुन्। आचार्यले को २ च २८८२ नम्बरको तथा तामाङले को २ च ३१२१ नम्बरको एम्बुलेन्स चलाउँदै आएका थिए।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अपहरणमा परेकी बालिकाको भदौ १७ गते काभ्रेको साँगाबाट उद्धार गरिएको हो।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि

बालिकाकी आमाले भदौ १६ गते पथरीस्थित एक सहकारीबाट दुई लाख रुपैयाँ झिकेकी थिइन्। उनले उक्त रकम घरमा राखेको कुरा बालिकाका काका नाता पर्ने सुजनले थाहा पाएका थिए।

सो रकम लिएर आफुसित नहिँडे सुजनले ती बालिकालाई ज्यान मार्ने धम्की दिएका थिए। धम्कीपछि बालिका भदौ १७ गते उक्त रकम लिइ घरबाट निस्केकी थिइन्। ती बालिकालाई एम्बुलेन्समा लैजाने चाँजोपाँजो सुजनले मिलाएका थिए।

भदौ १७ गते बिहानै ४ बजे सुजनले बालिकालाई को२च २८८२ नम्बरको एम्बुलेन्समा राखेर काठमार्डौँतर्फ लगेका थिए। एम्बुलेन्सका चालक आचार्य सुजनका साथी हुन्। आचार्यले इटहरीसम्म पुर्याएर को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक तामाङको जिम्मा लगाएका थिए ।

बालिका एम्बुलेन्स चढेर हिँडेको थाहा पाएपछि उनकी आमाले पथरी प्रहरीमा उजुरी दिएकी थिइन्। खोजतलास गर्ने क्रममा एम्बुलेन्ससहित चारै जना काभ्रेको साँगाबाट पक्राउ परेका हुन्।

अन्य सम्बन्धित समाचार:  नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।