इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको दोस्रो टी–२० आज

काठमाडाैं। इंग्ल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाको घरेलु टोलीसँग दोस्रो टी–२० खेल आज रहेको छ। यो खेल नेपाली समयअनुसार बेलुकाको पाैने ८ बजे साउथह्याम्पटनमा सुरु हुने छ।

शृंखलाको पहिलो खेल हारेको अस्ट्रेलियालाई शृंखला जित्ने मौका कायम राख्न खेल जित्नै पर्ने दबाब छ। उता इंग्ल्याण्ड भने दोस्रो खेल पनि आफ्नो पोल्टामा पारेर शृंखला जित्न चाहन्छ। पहिलो खेल निकै नै रोमाञ्चक भएकाले कुन टोलीले जित हात पार्छ भन्न सकिने अवस्था भने छैन।

अझ यो खेल किन रोमाञ्चक छ भने आज इंग्ल्याण्डले विजयी हासिल गर्न सके इंग्ल्याण्ड वरियतामा नम्बर १ मा पुग्ने छ जुन अर्को खेल अस्ट्रेलियाले जिते फेरि फेरबदल पनि हुने छ । त्यसैले आजको खेलले शृंखलामा मात्र नभई टि–२० वरियतामा पनि फरक पार्ने छ ।
पहिलो खेलमा इंग्ल्याण्डले २० ओभरमा १६२ रन बनाउँदा अस्ट्रेलियाले १६० रन बनाएको थियो र मात्र २ रनको झिनो अन्तरले खेल हारेको थियो। पहिलो खेलमा जस बट्लर र डाविड मलानले उत्कृष्ट ब्याटिङ गरे पनि अरु खेलाडीले राम्रो ब्याटिङ गर्न सकेका थिएनन्। पहिलो खेलमा बलिङ राम्रो हुँदा खेल जिते पनि घरेलु टोलीका लागि ब्याटिङ अझै सुधार्नु पर्ने आवश्यकता देखिन्छ।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

अस्ट्रेलियाका लागि पनि दुई ओपनर एरोन फिन्च र डेभिड वार्नर बाहेक कसैको ब्याटिङ राम्रो भएको थिएन। इंग्ल्याण्डको लागि बलरले राम्रो प्रदर्शन गरे पनि अष्ट्रेलियका लागि केन रिचार्डसन र ग्लेन म्याक्सवेलले मात्र राम्रो गर्न सकेका थिए। दुवै टोलीले अर्को वर्ष हुने विश्वकपका लागि तयारी गरिरहेको हुँदा आफ्नो कमजोरी सुधार्दै राम्रो खेल खेल्ने आशा गर्न सकिन्छ।