भारतमा कोरोनाबाट एकै दिनमा ९० हजारभन्दा बढी सङ्क्रमित

भारत

एजेन्सी। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ। संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ। कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन्। ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन्। अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्। भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  इरान समर्थित मिलिसियाको सिरियास्थित अखडामा हमला गर्न अनुमति