सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि

भावना पाैडेल,डडेलधुरा। सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशाला र सेती अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।

उनका अनुसार बझाङका १० र डडेल्धुराका २ गरी १२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा छन्।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १ सय १ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। इन्चार्ज श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  भागरथी बलात्कारपछि हत्या प्रकरणः आरोपीलाई ५ दिन म्याद थप