२४ घण्टामा १ हजार ८ सय १४ जना डिस्चार्ज: ९ सय ८० संक्रमित थपिए

संक्रमित

काठमाडाैं। नेपालमा पछिल्लाे २४ घण्टामा  ९ सय ८० काेराेना संक्रमित थपिएका छन्। तीमध्ये ३५४ जना काठमाडाैं उपत्यकाका रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यसैगरी एकै दिन १ हजार ८ सय १४ जना काेराेना जितेर घर फर्किएका छन्। एकै दिन यति धेरै जना संक्रमित निकाे भएर डिस्चार्ज भएकाे याे पहिलाे फटक हाे। त्यस्तै २४ घण्टामा ९ संक्रमितकाे मृत्यु भएसँगै मृतककाे संख्या २८९ पुगेकाे छ।

अन्य सम्बन्धित समाचार:  खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री