परिवारका सदस्यलाई संक्रमण भएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा

काठमाडौं। परिवारका सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टाइनमा बसेका हुन्। आफूलाई नभइ परिवारको सदस्यलाई संक्रमण भएकाे र आफू सतर्कताका हिसाबले क्वारेन्टाइनमा बसेको प्रस्ट पार्दै मन्त्री ढकालले आफूले क्वारेन्टाइनबाटै मन्त्रालयको काम हेरिरहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि